राजनीति


राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्रीले लिए वर्षमानको स्वास्थ्य जानकारी

राष्ट्रियसभा अध्यक्ष र स्वास्थ्यमन्त्रीले लिए वर्षमानको स्वास्थ्य जानकारी

नेपालखबर
माघ ६, २०७९ शुक्रबार १३:१७, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सना र स्वास्थ्यमन्त्री पदम गिरिले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन्। 

बिहीबार बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनीहरुले पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन्।

पुन गत ५ पुसमा मात्रै चीनमा उपचार सकाएर नेपाल फर्किएका थिए।

वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो। 

त्यसपछि पुनः स्वास्थ्यमा समस्या भएपछि उनलाई गत ३० पुसमा रोल्पाबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। अहिले उनको उपचार ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ।

पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको बताइएको छ।

उपचारमा जानुअघि पुनको शरीरमा जन्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो।

हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।

गत वर्ष पनि रोगले च्यापेपछि पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए। पुनको उपचारमा डा। चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो। चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .