ad ad

राजनीति


अशोक राई पक्षका ७ जना सांसदलाई निलम्बन गर्न उपेन्द्रको माग

अशोक राई पक्षका ७ जना सांसदलाई निलम्बन गर्न उपेन्द्रको माग

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १६:१५, काठमाडौँ

जनता समाजवादी पार्टी, जसपाका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा बनेका सात जना सांसदलाई निलम्बन गर्नुपर्ने माग गरेका छन्।

सोमबार सर्वोच्च अदालतमा पार्टी विभाजनविरुद्ध यादवले दायर गरेको रिटमा ७ सांसदको पद निलम्बनमा राख्न र कुनै पनि संसदीय गतिविधिमा सहभागी हुन नदिन, दलको नाम, झण्डा, र छाप प्रयोग नगर्न अन्तरिम आदेश माग गरिएको छ।

त्यस्तै, रिटमा अशोक राई नेतृत्वको नयाँ दलमा आवद्ध सांसदहरुलाई संघीय संसदको सदस्यको हैसियतले कुनै पनि कार्य गर्न नदिनू भनि परमादेशको आदेश समेत माग गरिएको छ।

रिट निवेदनको टुंगो लाग्न समय लाग्ने र त्यस अवस्थासम्म तत्काल अन्तरिम आदेश जारी नगरिए रिटको औचित्य नै समाप्त हुने भन्दै यादवले अन्तरिम आदेश समेत माग गरेका छन्। 

निर्वाचन आयोगले दल दर्ता गर्दा उल्लेख गरेका ८ बुँदे निर्णय कार्यन्वयन नगर्न र यथास्थितिमा राख्न अन्तरिम आदेश माग गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .