नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ।
निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयविरुद्ध अनेरास्ववियूले सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको कार्यालयमा बुधबार घेराउ गरेको हो।
घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रको भ्रष्टाचारका कारण कमिशनका लागि निजी कम्पनीलाई पाठ्यसामग्री छाप्न दिइएको आरोप लगाए।
उनले जनक शिक्षाले नै पाठ्यपुस्तक छाप्नु पर्ने र विद्यार्थीलाई शैक्षिक सामाग्री समयमै पुर्याउनु पर्नेमा जोड दिएका छन्।
उनले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यसविरुद्ध कडा प्रतिवाद र प्रतिकार गर्ने बताए।
अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्र छोडेर निजी कम्पनीलाई कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षामन्त्री शिशिर खनालको निर्णयविरुद्ध आन्दोलन थालेको हो।
Shares
प्रतिक्रिया