ad ad

राजनीति


अध्यागमनको छवि राम्रो छैन, सुधार आवश्यकः गृहमन्त्री लेखक

अध्यागमनको छवि राम्रो छैन, सुधार आवश्यकः गृहमन्त्री लेखक

नेपालखबर
असोज ९, २०८१ बुधबार १४:४१, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्बन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको छवि सुधार गर्न आवश्यक रहेको बताएका छन्।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै त्यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य नहुने बताए।

विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्न उनले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिए। ‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो,’ उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो।’

गृहमन्त्री लेखकले अध्यागमन सोर्हादपूर्ण, सहिष्णु,नरम र सेवामुखी हुन जरुरी रहेको बताए। सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .