प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ। एमाले अध्यक्ष ओलीको निजी निवासमा बुधबार (२५ माघ) बिहान करिब डेढ घन्टा उनीहरूबीच छलफल भएको हो।
उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग प्रचण्डले भेटघाट बाक्लो बनाइरहेका छन्।
आजै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्। त्यहाँ नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ।
उता, लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ। उनीहरुबीच यी विषयसहित समसामयिक राजनीतिबारे छलफल भएको बुझिएको छ।
234
Shares
प्रतिक्रिया