राजनीति


उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री र ओलीबीच वार्ता

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री र ओलीबीच वार्ता

नेपालखबर
माघ २६, २०७९ बिहिबार १५:५२, काठमाडौँ

उच्चस्तरीय राजनीतिक समितिको बैठक स्थगित भएको छ।

३ बजे बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक सयन्त्रका संयोजक केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भइरहेको छ।

सुदूरपश्चिम सरकार टिकाउने र राष्ट्रपति चुनावका लागि सत्ता साझेदार दलबीच छलफल गरेर एउटै धारणा बनाउन संयन्त्रको बैठक बस्ने तय भएको थियो। तर, अन्तिम समयमा बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बसेका हुन्। 

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेको छ।

सरकार बनाउन साथ दिएको नागरिक उन्मुक्तिले विश्वासको मत नदिने भएपछि सरकार जोखिममा परेको छ। यही बेला संयन्त्रको बैठकबाट सहमति गराउने प्रयास गर्ने तयारी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .