ad ad

राजनीति


अदालतबाट दोषी ठहर नहुन्जेल सांसद पद नजाने

अदालतबाट दोषी ठहर नहुन्जेल सांसद पद नजाने

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १५:५४, काठमाडौँ

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले फौजदारी अपराधको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा गएका सांसदलाई निलम्बन नगर्ने समझदारी गरेको गरेको छ।

शुक्रबार बसेको मस्यौदा समितिको बैठकमा अदालतले दोषी ठहर नगरेसम्म पुर्पक्षका लागि थुनामा गएपनि सांसद पद कायम रहने सहमति जुटाएको हो। 

अब मस्यौदा नियमावली संसद्बाट पारित भएमा पुर्पक्षमा थुनामा गएका सांसदहरूले पनि संसद्को लोगो लगाउन पाउनेछन्।

राप्रपा, जनता समाजवादी पार्टी (जसपा) लगायतका मधेसवादी दलहरूले कसुर पुष्टि नभएसम्म सांसद पद निलम्बन गर्न नहुने अडान राखेका थिए भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी विरोधमा थिए। 

उनीहरुले निलम्बनको व्यवस्था नराख्ने हो भने सांसदलाई कानुन लाग्दैन, सर्वसाधारणलाई मात्रै लाग्छ भन्ने सन्देश जाने तर्क गरेका थिए ।

उनीहरुले विरोध जनाएपनि सांसदको सेवा सुविधा स्थगित हुने गरी पद कायम राख्न तयार भएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .