ad ad

राजनीति


भ्रष्टाचार गर्न मन्त्री भएको होइन : पाण्डे

भ्रष्टाचार गर्न मन्त्री भएको होइन : पाण्डे

नेपालखबर
फागुन १, २०७९ सोमबार ६:३५, भरतपुर

सहरी विकासमन्त्री विक्रम पाण्डेले आफू जनतासँग झुटको खेती गर्न र भ्रष्टाचार गर्न मन्त्री भएको होइन भनेका छन्। 

भरतपुर महानगरपालिका–१७ स्थित प्राकृतिक आमा समूहले आइतबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कार्यकालमा कुनै पनि गलत काम नहुने विश्वास दिलाए। 

‘मैले गल्ती गरेँ भने मतदाताको मन दुख्छ’, उनले भने, ‘मलाई देशको माया र जनताको आशीर्वाद छ।’

उनले निर्वाचनको समयमा मतदाताले दिएको आशीर्वादलाई नभुलेर जनताको काम गर्ने बताए। यसपटक जनताले अनुभूति गर्ने गरी काम हुने उनको भनाइ छ। 

‘विकास सबै ठाउँमा समान प्रकृतिले हुन्छ, पहुँच र भनसुनका आधारमा काम गर्ने परिपाटीको अन्त्य हुन्छ’, उनले भने। मन्त्री पाण्डेले आफूलाई चाहना नहुँदा नहुँदै मन्त्री बन्नुपरेको भन्दै पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने बताए। 

राप्रपा उपाध्यक्षसमेत रहेका मन्त्री पाण्डेले पार्टीका एजेन्डाहरू दायाँबायाँ नहुने भन्दै थप अभियानका साथ जनतामाझ जाने बताए।

उनले देशलाई परिवर्तनको अनुभव गर्नेगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र काम गर्नसक्ने उल्लेख गरे। पार्टी सरकारमा गएपछि झन् थप मजबुत बनेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .