ad ad

राजनीति


शेखर कोइरालाको प्रश्न-संविधानले नचिनेको जनयुद्ध दिवसमा बिदा दिनुको सन्देश के?

शेखर कोइरालाको प्रश्न-संविधानले नचिनेको जनयुद्ध दिवसमा बिदा दिनुको सन्देश के?

फाइल।


नेपालखबर
फागुन १, २०७९ सोमबार ८:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने निर्णय गरेर सरकारले दिन खोजेको सन्देशबारे प्रश्न गरेका छन्। 

आज (फागुन १) मा मनाइने जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो भने गृह मन्त्रालयले एक सूचना जारी गर्दै त्यसबारे जानकारी गराएको थियो। 

सरकारको यो निर्णयले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ? भन्दै कोइरालाले प्रश्न गरेका छन्। 

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ’, कोइरालाले भनेका छन्,  ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’

जनयुद्ध दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेकोप्रति सामाजिक सञ्जालमा चौतर्फी आलोचना सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .