राजनीति


राप्रपाका मन्त्रीहरूले बुझाए राजीनामा

राप्रपाका मन्त्रीहरूले बुझाए राजीनामा

नेपालखबर
फागुन १३, २०७९ शनिबार १२:५७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन्। 

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .