ad ad

राजनीति


ओलीसँगै जेलमा बसेको थिएँ, उहाँले सहयोग गर्नुहुन्छ : रामचन्द्र पौडेल

ओलीसँगै जेलमा बसेको थिएँ, उहाँले सहयोग गर्नुहुन्छ : रामचन्द्र पौडेल

तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
फागुन १३, २०७९ शनिबार १५:४४, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले  एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई राष्ट्रपति निर्वाचनमा सघाउने विश्वास लिएका छन्। 

शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन्। पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको स्मरण गर्दै आफूलाई सर्वसम्म् बनाउन ओलीको योगदान हुनेमा विश्वास व्यक्त गरे।

‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन्। सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ की। त्यसमा म कोसिस गर्दैछु। एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय’ उनले अघि भने, ‘पुरानो साथी हो। उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु।’ पौडेलले भने।

साथै, उनले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताए।

गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै उनले त्यसका निम्ति आफ्नो भुमिका हुने पनि बताए।

राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने बताए। 

‘नेपालको संविधान २०७२ को अक्षर र भावनालाई अक्षरसः पालना गर्ने मेरो कर्तव्य हो। देशको संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार गर्ने र गणतन्त्रलाई संस्थागत गर्ने अहिलेको चुनौति छ’, पौडेलले भने, ‘गणतन्त्र संस्थागत गर्नुपरेको छ। नेपाली जनताको हकमा
आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ। नेपालमा आएको परिवर्तनको रक्षा गर्दै नेपालको उन्नतिलाई अगाडी बढाउने, नेपाली जनताको उन्नति, नेपाल राष्ट्रको एकता र राष्ट्रिय अखण्डता, राष्ट्रलाई जोगाउने।’

उनले राष्ट्रपति निर्वाचनको दिनसम्ममा आफू सर्वसम्मत निर्वाचित हुन कोसिस गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .