तीन वर्षअघि माघी पर्वका बेला टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको विवादित अभिव्यक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारजनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको हो।
२०७६ माघ १ गते माघी पर्वका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।
द्वन्द्वका बेला १७ हजार मारिएको दोष आफूलाई आएपछि ५ हजारको आफूले लिने बताउँदै उनले बाँकी राज्यले जिम्मा लिनुपर्ने बताएका थिए।
प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले रिट हालेका थिए। तर त्यसलाई सर्वोच्च प्रशासनले गत कात्तिक २४ गते दर्ता गर्न अस्वीकार गरेको थियो।
त्यसपछि मंसिर ७ गते उनीहरुले दरपीठविरुद्ध इजलासमा निवेदन दिएका थिए।
इजलासमा निवेदन परेपछि कायममुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासले दरपीठका सम्बन्धमा कैफियत प्रतिवेदन मागेका थिए।
प्रशासनले दरपीठ गरेको करिब साढे ४ महिनापछि प्रचण्डविरुद्धको रिट शुक्रबार सर्वोच्च अदालतमा दर्ता भएको छ।
Shares
प्रतिक्रिया