ad ad

खेल


‘ए’ डिभिजन लिग : पहिलो खेलमै नवप्रवेशी खुमलटार विजयी, फ्रेन्ड्स स्तब्ध

‘ए’ डिभिजन लिग : पहिलो खेलमै नवप्रवेशी खुमलटार विजयी, फ्रेन्ड्स स्तब्ध

ए डिभिजनमा भिड्दै खुमलटार र फ्रेन्ड्सका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
फागुन १९, २०७९ शुक्रबार २०:६, काठमाडौँ

एफसी खुमलटार फुटबल क्लबले पहिलो खेलमै सुखद सुरुवात गरेको छ।

सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शुक्रबार दशरथ रंगशाला भएको उद्घाटन खेलमा खुमलटारले बलियो प्रतिद्वन्द्वी फ्रेन्ड्सलाई पराजित गरेको हो। 

खुमलटारलाई सुखद सुरुवात दिने क्रममा अफ्रिकन खेलाडी मेसुके ओलुमोउले खेलको ८९ औँ निर्णायक गोल गरेका थिए।

पहिलो हाफ बराबरीमा सकिएको अवस्थमा खुमलटारका लागि ८९ औँ मिनेटसम्म जया गुरुङको पासमा ओलुमोउले बललाई जाली चुमाए। 

यो जितपछि खुमलटारले ३ अंक बनाएको छ। उता बलियो र पुरानो टोली फ्रेन्ड्स्का लागि लिगको नयाँ सिजन हारबाट सुरु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .