नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रातृ शोकमा परेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्।
बुधबार दिउँसो काठमाडौंको महादेवस्थानस्थित किरियापुत्री घरमा पुगेर ओलीले नेपाललाई भ्रातृ शोकमा सान्तवना दिएका हुन्।
अध्यक्ष नेपाल भाइ सरोजकुमार उपाध्यायको निधनपछि महादेवस्थानस्थित किरियापुत्री घरमा बसिरहेका छन्।
अध्यक्ष नेपाल शोकमा परेपछि ओलीले समवदेना दिएका हुन्। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभाग प्रमुख उपाध्यायको गत शनिबार दिउँसो निधन भएको थियो।
राजधानीको शंखमुलस्थित एक क्याफेबाट हाम फालेका उपाध्यायको उपचारका क्रममा निधन भएको थियो।
108
Shares
प्रतिक्रिया