रूपन्देहीको सैनामैनामा हत्या भएको अवस्थामा एकजना पुरूषको शव फेला परेको छ।
बुधबार बिहान पौने ९ बजे सैनामैना नगरपालिका–२ उछिटिहवास्थित प्लटिङ गरेको जग्गामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो।
शवको अझै सनाखत नभएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए।
पुरूषको टाउकोमा धारिलो वस्तु प्रहार गरी हत्या गरिएको जस्तो देखिएको उनले बताए।
शव फेला परेको खबर पाएपछि भैरहवाबाट तालिमप्राप्त कुकुर सहितको टोली खटिएको डिएसपी थापाले बताए।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि तीनजनालाई नियन्त्रणमा लिएको छ। अन्य व्यक्तिसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
84
Shares
प्रतिक्रिया