राजनीति


विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री प्रचण्ड

विप्लव र प्रकाण्डले भेटे प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
फागुन २४, २०७९ बुधबार २०:२८, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न विप्लव र प्रकाण्ड बुधबार साँझ बालुवाटार पुगेका हुन्। 

समसामयिक राजनीति, सर्वोच्चमा दर्ता मुद्दा र विप्लवका कार्यकर्ता र नेतामाथिको मुद्दाको विषयमा छलफल भएको नेता विश्वकर्माले जानकारी दिए।

द्वन्द्वकालीन विषयको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले दिएको दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि पूर्वमाओवादी घटक नजिक बनेका छन्।

आठ वटा माओवादी धारका पार्टीहरुले प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दालाई संयुक्तरुपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .