जनता समाजवादी पार्टी (जसपा) नेपालले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उठाउने निर्णय गरेको छ।
उपराष्ट्रपतिको चुनाव चैत ३ गते हुँदै छ। यादव जसपा संसदीय दलका नेता हुन्।
जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाएको हो।
समितिका सदस्य रकम चेम्जोङले यादवलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपालखबरलाई जानकारी दिए।
‘जसपाको भागमा उपराष्ट्रपति र उपसभामुख परेको छ’, उनले भने, ‘चैत ३ गते हुने उपराष्ट्रपति चुनावका लागि हाम्रो पार्टीबाट बारा क्षेत्र नं. २ बाट निर्वाचित माननीय सांसद, संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ।’
78
Shares
प्रतिक्रिया