नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्।
निर्वाचन परिणामलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका हुन्।
‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ सभापति देउवाले फेसबुकमा लेखेका छन्।
पौडेल ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्।
पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो।
उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ।
438
Shares
प्रतिक्रिया