राजनीति


सांसद अर्यालको गुनासो : रविलाई भएभरको शक्ति लगाएर लखेटियो

सांसद अर्यालको गुनासो : रविलाई भएभरको शक्ति लगाएर लखेटियो

संसद बैठकमा रास्वपा सांसद डोरप्रसाद अर्याल। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ६, २०७९ सोमबार १५:३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डोरप्रसाद अर्यालले सभापति रवि लामिछानेलाई लखेट्ने काम भएको बताएका छन्। 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास लिन बसेको संसद बैठकलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'हाम्रा सभापति रविलाई लखेट्न खोजियो। भएभरको शक्ति लगाएर खेदियो', उनले भने, 'तर उहाँलाई चितनवका जनताले अघिल्लो पटकको भन्दा धेरै मतान्तरसहित फेरि विजयी बनाउने छन्।'

उनले अहिले मुलुकलाई सकेजति चाँडो छोड्न चाहने अवस्था दलहरुकै कारण बनेको पनि बताए। रवि लामिछाने देश बनाउन फर्किए पनि उनलाई लखेटिएको भन्दै पटक पटक गुनासो गरे। 

अर्यालले गुण र दोषका आधारमा समर्थन र विरोध रहने गरी प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय भएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .