राजनीति


विश्वासको मत पाएँ, वैशाख पहिलो सातासम्म भारत जान्छु : प्रधानमन्त्री

विश्वासको मत पाएँ, वैशाख पहिलो सातासम्म भारत जान्छु : प्रधानमन्त्री

प्रधानमन्त्री भएपछि फोनमा बधाई लिँदै प्रचण्ड। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत ६, २०७९ सोमबार १८:५४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत पाएकाले अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जाने बताएका छन्। 

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो पठाएको छैन। उता उत्तरी छिमेकी चीनले भने उनलाई निम्तो पठाइसकेको छ।

प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारबाटै गर्ने परम्परालाई प्रधानमन्त्रीले निरन्तरता दिन लागेका हुन्।

यसअघि उनी एउटा सम्मेलनका क्रममा कतार जाने तयारी थियो। तर राष्ट्रपति निर्वाचनलाई देखाउँदै उनले अन्तिम समयमा कतार जाने योजना रद्द गरेका थिए।

प्रधानमन्त्री भएको तीन महिना बितिसक्दा पनि भारतबाट निम्तो नआएको अवस्थामा अब भने भ्रमण हुने विश्वास उनले लिएका हुन्। 

सोमबार अपरान्ह संसदबाट नेपाली कांग्रेसको समेत साथ पाएपछि अब चैत अन्तिम या वैशाख पहिलो सातासम्म आफू भारत जाने प्रचण्डले बताएका हुन्। 

‘भारत भमणको अहिलेसम्म टुंगो छैन। सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्छ', उनले भने,'जति भयो त्यो पर्याप्त छ। अब आरामसँग सरकार चल्छ। अब विकास, निर्माणले गति लिन्छ।’

प्रधानमन्त्री दाहालले दोहोर्‍याउँदै आफ्नो भारत भ्रमण चैत्र अन्तिम वा वैशाख पहिलो हप्ता भित्र हुन सक्ने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .