ad ad

राजनीति


चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, साधरण आहार खान दिइयो

चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार, साधरण आहार खान दिइयो

नेपालखबर
चैत ७, २०७९ मंगलबार ७:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। गत फागुन ३ गते वुद्धनगरस्थित निवासमा ग्यास विस्फोट हुँदा घाइते भएका भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। 

भण्डारीलाई अस्पताल भर्ना गरिएको आज ३४ औं दिन हो। उनलाई सामान्य आहार दिन थालिएको अस्पतालमा सँगै रहेका दाजु मीनप्रसाद भण्डारीले चिकित्सकलाई उद्धृत गर्दै भनेका छन्।

‘अनुहारको छाला राम्रो संग पलाएको छ। सर्जरी गर्न नपर्ने भएको छ।स्वास्थ्यमा राम्रो सुधार भईरहेको छ,’ उनले भनेका छन्, ‘ग्राफ्ट गरेको छालाले राम्रोसंग काम गरेको छ तर पूर्ण निको हुन समय लाग्नेछ।’ 
 

डा. भण्डारीको फिजियोथेरापी पनि क्रमिकरुपमा भइरहेको उनले बताएका छन्। 

तेस्रो ड्रेसिंग पछि हिडडुल शुरु गराउने योजना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .