राजनीति


अब तनहुँ तिर्खाउने छैन, सबै प्यास मेट्नेछ : गोविन्द भट्टराई

अब तनहुँ तिर्खाउने छैन, सबै प्यास मेट्नेछ : गोविन्द भट्टराई

नेपालखबर
चैत २५, २०७९ शनिबार १८:५९, काठमाडौँ

सत्ता गठबन्धनका तर्फबाट तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँले अब आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले मतदाताहरूले देखेका सपनाहरू पनि चाँडै पूरा हुने दाबी गरेका छन्। 

‘अब तनहुँ तिर्खाउने छैन। तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने छ,’ भट्टराईले भनेका छन्, ‘अबको यो यात्रामा यहाँहरूको माया र साथको अपेक्षामा। उही यहाँहरूको, पानी मान्छे।’

२०६८ सालमा आफूले तनहुँको पोखरीछापमा भएको एक घटना सेयर गर्दै उनले आफ्नो योजनामा ६० भन्दा बढी खानेपानी धाराहरु जोडिएको देख्दा खुसी लागेको बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा सेयर गरेको अनुभवः
२०६८ साल तिरको कुरा हो, पोखरीछापको मेरा एक जना साथीको मा एक रात उहाँका बास बस्न पुगेँ। बिहानी पख, मुख धुन खोजे। त्यहाँ पानी थिएन।  पानी लिन कुवामा जानु पर्ने रहेछ। कुवामा जाँदा निक्कै लामो लाइन थियो। लाइनमा बस्ने प्रायस् महिला दिदी बहिनी र ससाना नानीहरू। टाउकोमा नाम्लो लगाएर अझै हातमा अर्को भाँडो झुन्डाएका। पानी कुवाको पिँधमा मात्र, दुई–तीन गाग्री भर्दा रित्तिने। तर आफ्नो पालो कुरेर बसेकाहरूको लाइन लामो थियो। त्यस्तै अवस्था नजिकैको अर्को कुवामा पनि थियो। यसो सम्झिए यी नानीबाबु अब घरमा पानी पुर्‍याएर कसरी विद्यालय समयमा पुग्लान्? दिनकै यति गह्रौँ भारी उचाल्दा महिला दिदी बहिनीलाई कति स्वास्थ्य समस्या देखिएला? मन अमिलो भयो। त्यसपछि मैले ‘तपाईँ मूल खोज्नु, म पैसा खोज्छु’ भनेर मुख नधोई निक्लिए। 

२०४९ देखि आज सम्म आइपुग्दा मैले यस क्षेत्रमा ६० भन्दा बढी खानेपानीको योजना ल्याएर काम गरेको छु। कहिले काँहि गाउँघर पुग्दा अहिले आनन्दले पानी खान पाइया छ भनिदिनु हुन्छ त्यसैमा खुसी लाग्छ।  

मेरा खुसी साँच्चै यो भेगको माटो, यहाँको हावा, पानी, यहाँका मानिसहरूसँग जोडिएको छ। यस पटक अझै जिम्मेवार स्थानमा पुगेर यहाँहरूको सहयात्री बन्ने अवसर पाएको छु। यहाँहरूको साथ पाएँ भने हामीले सँगै देखेका सपनाहरू छिट्टै पूरा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .