ad ad

राजनीति


नयाँ वर्षको शुभकामना दिँदै चन्द्र भण्डारीले भने : छिट्टै नेपाल आउनेछु

नयाँ वर्षको शुभकामना दिँदै चन्द्र भण्डारीले भने : छिट्टै नेपाल आउनेछु

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १४:५१, काठमाडौँ

आगलागीमा परी घाइते भएर उपचाररत सांसद चन्द्र भण्डारीले छिट्टै नेपाल फर्कने बताएका छन्। 

हाल भारतको मुम्बईमा उपचाररत प्रतिनिधिसभा सदस्य भण्डारीले अब बाँकी उपचार नेपालमै गर्ने बताए।

नयाँ वर्ष वि.स.२०८० सालको अवसरमा भिडिओमार्फत शुभकामना दिँदै सांसद भण्डारीले भनेका छन्, ‘तपाईंहरुको माया, प्रेम, सद्भाव र प्रार्थनाको कारणले मेरो स्वास्थ्यमा सुधार भइरहेको छ। छिट्टै नै म तपाईंहरुसँग आएर त्यहीँ नै मेरो उपचार गर्नेछु।’

सांसद भण्डारी र उनकी आमा गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो। 

भण्डारीलाई फागुन ४ गते थप उपचारका लागि मुम्बई लगिएको थियो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .