नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता घोषणा भएको छ।
७५ औं कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा यी दुई पार्टीले एकताको घोषणा गरेका हुन्।
काठमाडौंमा खुलमञ्चमा आयोजित कार्यक्रममा पार्टी एकताको घोषणा गर्दै १४ बुँदे सहमति समेत गरिएको जनाइएको छ।
सहमतिमा द्वन्द्वकालिन मुद्दा, सरकारसँग भएको तीन बुँदे सहमति, वैज्ञानिक समाजवादलगायतका विषय उल्लेख गरिएको छ।
51
Shares
प्रतिक्रिया