पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति गर्नेहरूलाई विचारको अवमूल्यन नगर्न चेतावनी दिएका छन्।
देशका तीन निर्वाचन क्षेत्रमा उपचुनाव जारी रहेका बेला डा. भट्टराईले विचारधाराबारे विचार गर्न वैकल्पिक राजनीति गर्नेहरूलाई सामाजिक सञ्जालमार्फत सचेत गराएका हुन्।
समाज/राज्य र राजनीति रहुन्जेल विचारधारा अन्त्य नहुने उल्लेख गर्दै नेता भट्टराईले विचार यी सबैको मार्गदर्शक भएको तर्क गरेका छन्।
‘अतः वैकल्पिक राजनीति गर्नेहरूले विचारको अवमूल्यन नगरौँ।’ ‘विचारभन्दा माथि देश’को के भयो, सम्झौँ’, उनले भनेका छन्।
‘संवैधानिक समाजवाद’ भन्ने पनि नहुने जिकिर गर्दै डा. भट्टराईले अग्रगामी विचार र पदावली खोज्न सुझाव दिएका छन्।
विवेकशील साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ दस्तावेज ल्याएपछि उक्त पार्टी छिन्नभिन्न भएको थियो।
अन्ततः मिश्र अध्यक्ष पद छाड्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे। हाल उनी राप्रपाको वरिष्ठ उपाध्यक्ष छन्।
Shares
प्रतिक्रिया