ad ad

राजनीति


एक्लो स्वर्णिम वाग्लेलाई हराउन गठबन्धनले हद पार गर्‍यो: पुकार बम

एक्लो स्वर्णिम वाग्लेलाई हराउन गठबन्धनले हद पार गर्‍यो: पुकार बम

नेपालखबर
बैशाख १०, २०८० आइतबार २१:१, काठमाडौँ

गत मंसिर ४ मा सम्पन्न संसदीय चुनावमा काठमाडौं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पुकार बमले रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेलाई हराउन सिंगो गठबन्धन लागेको आरोप लगाएका छन्।

सामाजिक अभियन्ताबाट विवेकशील नेपाली दल हुँदै साझा पार्टीसम्म पुगेका बम यतिबेला रास्वपाको चुनावी प्रचारप्रसारका क्रममा तनहुँमा छन्। स्वर्णिमका लागि भोट मागेका उनले तनहुँ १ मा बारम्बार गम्भीर आचारसंहिता उल्लंघन भएको र प्रमाणसहित उपलब्ध गराउँदा पनि प्रशासनले कुनै एक्सन नलिएको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै उनले नेपाली कांग्रेसबाट आँबुखैरेनी गाँउपालिका वार्ड न ४ का वडाअध्यक्ष मिलन भुजेलले प्रचार बाँडेको बताएका छन्। 

उनले एक्लो स्वर्णिम वाग्ले र रास्वपालाई हराउन गठबन्धनले सबै हद पार गरेको आरोप लगाएका छन्।

'एक्लो रास्वपा र स्वर्णिम वाग्लेलाई हराउन सारा गठबधन्धन सबै हद पार किन गर्दैछन्? बीपी कोइरालाको विरासत बोकेको यही हो?' उनले लेखेका छन्,'अति को पनि अति भएन र दाइदिदीहरू, कति सम्मको तल खस्ने होला?'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .