राजनीति


आँबुखैरेनी वडा नम्बर ३ को ७० प्रतिशत मत स्वर्णिमलाई

आँबुखैरेनी वडा नम्बर ३ को ७० प्रतिशत मत स्वर्णिमलाई

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार ८:३६, काठमाडौँ

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा खसेको कुल मतमध्ये ७० प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको पक्षमा परेको छ।

उक्त वडामा २१७३ मत खसेको थियो। जसमा १५ सय १५ मत वाग्लेको पक्षमा खसेको तनहुँका पत्रकार कृष्ण न्यौपानेले जानकारी दिएका छन्। 

त्यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईको पक्षमा ४० र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको पक्षमा १९१ मत मात्रै खसेको छ। 

निर्वाचन आयोगका अनुसार ताजा अवस्थामा वाग्लेले जम्मा ७ हजार २९३ मत ल्याएका छन्। त्यस्तै भट्टराईको पक्षमा ३ हजार २३४ र खनालको पक्षमा २ हजार १३४ मत परेको छ। 

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .