ad ad

राजनीति


मन्त्री बन्दै कांग्रेस सांसद सुरेन्द्र आचार्य, आजै शपथ

मन्त्री बन्दै कांग्रेस सांसद सुरेन्द्र आचार्य, आजै शपथ

नेपालखबर
बैशाख २४, २०८० आइतबार ९:१०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य मन्त्री बन्ने भएका छन्। 

राष्ट्रपति रामचन्द्र पाैडेलेको सचिवालयका अनुसार आचार्यले महिला बालबालिका मन्त्री पदको आजै शपथ लिने कार्यक्रम छ। दिउँसो  साढे १२ बजे शपथ कार्यक्रम हुनेछ। 

हाल महिला, बालबालिकामन्त्री रहेका महिन्द्र राय यादवको भने मन्त्रालय परिवर्तन हुने भएको छ। 

यसअघि यही वैशाख २१ गते कांग्रेस सांसदहरू धनराज गुरुङले कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तथा खेलकुदमन्त्रीको शपथ लिएका थिए। 

यसअघि वैशाख ३ गते कांग्रेसबाट सांसद एनपी साउदले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेका थिए। 

कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान तथा रक्षामन्त्री बनाउँदै उनको नेतृत्वमा गत चैत १७ गते सरकारमा सहभागी भएको हो।

यस्तै कांग्रेसले अर्थमन्त्रीमा प्रवक्ता डा. प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाललाई पठाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .