ad ad

राजनीति


अर्थमन्त्रीलाई स्वर्णिमको सुझाव- कांग्रेसको घोषणापत्र मैले लेखिदिएको हुँ, पढेर बजेट बनाउनू

अर्थमन्त्रीलाई स्वर्णिमको सुझाव- कांग्रेसको घोषणापत्र मैले लेखिदिएको हुँ, पढेर बजेट बनाउनू

सोमबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर आफ्नो धारणा राख्दै रास्वपा सांसद डा. स्वर्णिम वाग्ले। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २५, २०८० सोमबार १५:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बजेट निर्माण गर्दा नेपाली कांग्रेसको घोषणापत्र पढेर त्यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्। 

सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि भइरहेको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले सो आग्रह गरेका हुन्। 

आफूले पनि सो घोषणापत्र केही लेखिदिएको बताउँदै वाग्लेले त्यहाँ भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न आग्रह गरे। 

‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो,’ वाग्लेले भने, ‘त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ।’

साथै, उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको सिद्धान्त र प्राथमिकताबाट धेरै आशा नपलाएको पनि बताए। 

‘आज ट्रेलर र फिल्मका कुराहरु आएको छ। अर्थमन्त्रीले ट्रेलर त देखाउनुभएको छ, धेरै आशा पलाएको छैन। बजेटसम्म आइपुग्दा थप उत्साह जगाउन सक्नुहा,’ वाग्लेले भने, ‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सक्ने अवस्था छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .