राजनीति


शरणार्थी प्रकरणमा संलग्नलाई नछाड्न माग गर्दै बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा प्रदर्शन

शरणार्थी प्रकरणमा संलग्नलाई नछाड्न माग गर्दै बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा प्रदर्शन

नेपालखबर
बैशाख ३०, २०८० शनिबार १३:२, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति नदिन माग गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा शनिबार प्रदर्शन गरिएको छ। 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण हाल प्रहरीको हिरासतमा छन्। 

उनले चुनाव लडेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय युवाले दोषीलाई नछाड्न सरकारसँग माग गर्दै प्लेकार्ड बाेकेर प्रदर्शन गरेका हुन्। 

खाँण गृहमन्त्री रहेकै बेला गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले हराए। 

यसअघि २०७४ को निर्वाचनमा भने खाँण समानुपातिक प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य बनेका थिए। खाँण २०७८ असारदेखि २०७९ पुससम्म गृहमन्त्रीको जिम्मेवारीमा थिए।

प्रदर्शनका थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .