राजनीति


गगनको असन्तुष्टिबारे प्रकाशशरणको टिप्पणी : यस्तो कुरा कसरी आउँछ अचम्म परेँ

गगनको असन्तुष्टिबारे प्रकाशशरणको टिप्पणी : यस्तो कुरा कसरी आउँछ अचम्म परेँ

फाइल तस्बिर


नेपालखबर
जेठ २, २०८० मंगलबार १२:१८, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापाले पार्टी कमिटीभित्र कुनै किसिमको असन्तुष्टि नराखेको बताएका छन्।

अर्थमन्त्रीसमेत रहेका महतले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महामन्त्री थापाले सार्वजनिक रुपमाा पार्टीमा अब अति भो भनेर लेखेको विषयमा यस्तो बताएका हुन्। 

‘पार्टी पदाधिकारी बैठकमा उहाँहरु (गगन थापासहित) ले यस्ता असन्तुष्टि राख्नु भएको छैन’, महतले अगाडि भने, ‘उहाँहरुले बाहिर के के बोल्नु भयो मलाई पनि अचम्म लागेको छ।’

महतले पार्टी कमिटीमा कुरा नराखेर बाहिर प्रचार गरेकामा  महामन्त्री थापाप्रति कटाक्ष पनि गरेका छन्। 

‘पार्टी पदाधिकारी बैठकमा कसैले कुरा राखेको, असन्तुष्टि प्रकट गरेको मलाई थाहा छैन’, उनले भने, ‘बाहिर उहाँहरुकै नाममा कसैले सम्प्रेषण पो गरिदिएको हो कि, थाहा भएन।’

महतले कांग्रेसमा विषेश महाधिवेशन माग गर्दै प्रदेश भेला भइरहेकोबारे छलफल र बैठक हुनु सामान्य भएको टिप्पणी गरे। 

पदाधिकारी बैठकमा उहाहरुले यो उठाउनु भएको छैन । बाहिर यस्तो कुरा कसरी आउँछ म अचम्ममा छु । 

मतले क-कसले के के गरे भन्ने  कुरा सामान्य भन्दै भेटघाट चलिरहने उल्लेख गरे। उनले अहिले नै विषेश महाधिवेशनको कुनै गुन्जायस नरहेको टिप्पणी गरे। महतले महासमितिभन्दा ठूलो अब नीति अधिवेशन हुने पनि जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .