ad ad

राजनीति


राप्रपाले ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

राप्रपाले ‘प्राइमरी इलेक्सन’ बाट उम्मेदवार छनौट गर्ने

फाइल फोटो


नेपालखबर
जेठ ३, २०८० बुधबार १७:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनदेखि ‘प्राइमरी इलेक्सन’ का माध्यमबाट उम्मेदवार छनौट गर्ने निर्णय गरेको छ।

काठमाडौंमा सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ का माध्यमबाट उम्मेदवार छनौट गर्ने निर्णय गरेको हो।

बैठकले पार्टीको विद्यार्थी संगठनलाई शैक्षिक मुद्दामा मात्रै केन्द्रित संगठन बनाउने पनि निर्णय गरेको छ। राप्रपाले सरकारी कर्मचारीहरुको संगठन नबनाउने निर्णयसमेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।   

उनले राप्रपाको संगठन संरचनामा स्थानीय तहदेखि केन्द्रको माथिल्लो तहसम्म ४० वर्ष मुनिका युवाको सहभागितालाई सुनिश्चित गर्ने र सबै कमिटीहरुमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चितता गर्ने निर्णय गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .