राजनीति


७२ घण्टामा बहालवाला सांसदलाई कारबाही गर्‍यौँ, इतिहासमा यस्तो भएको थिएन - रवि

७२ घण्टामा बहालवाला सांसदलाई कारबाही गर्‍यौँ, इतिहासमा यस्तो भएको थिएन - रवि

नेपालखबर
जेठ २७, २०८० शनिबार १२:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले बहालवाला सांसदलाई गरेको कारबाही नेपालको इतिहासमै नभएको टिप्पणी गरेका छन्।

शनिबार बुद्धनगरमा आयोजित रास्वपाको अर्घाखाँची-काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ' ७२ घण्टामा बहालवाला सांसदलाई कारबाही गरेर देखायौँ। नेपालको इतिहासमा यस्तो त कहिल्यै भएको थिएन,' उनले भने।

उनले नयाँ पनि उस्तै हुन् भन्न थालिएकोमा नयाँ उस्तै होइनन् भनेर आफूहरूले प्रमाणित गरेको बताए। 'नयाँ उस्तै हुन्थ्यो भने गलत क्रियाकलाप गर्नेलाई संरक्षण गर्थ्यौँ, त्यो सम्भव छैन,' उनले भने।

पार्टीमा केही गलत मान्छेले केही समयका लागि आफ्नो वर्चस्व कायम गरे पनि त्यो सधैं नरहने उनले बताए। 'केही गलत मान्छेले केही समयका लागि आफ्नो वर्चस्व कायम गर्लान्, तर गलत मान्छेहरू सधैँ बसिरहँदैनन्। शंका छ भने विधान पढ्न अनुरोध गर्दछौँ,' उनले भने।

रास्वपाको आन्तरिक लोकतन्त्र मजबुत भएको बताउँदै उनले गलत मान्छे आए पनि त्यो नरहने बताए।

घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बहालवाला सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।  

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि समानुपातिक सांसद ढाकाकुमारलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निलम्बन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .