ad ad

राजनीति


हुँदै नभएको स्थान सिर्जना गरेर बजेट विनियोजन भयो : सोविता गौतम

हुँदै नभएको स्थान सिर्जना गरेर बजेट विनियोजन भयो : सोविता गौतम

नेपालखबर
असार १, २०८० शुक्रबार १७:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि बजेट विनियोजन गरेको बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले काठमाडौंमा वडा नम्बर ३५ भनेर बजेट छुट्याइएको भन्दै आपत्ति जनाइन्।

हुँदै नभएको स्थान सिर्जना गरेर बजेट ल्याइएको तर प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिएको भन्दै उनले सरकारको जवाफ चित्तबुोझ्दो नभएको बताइन्। बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेको आरोप लगाइन्।

‘नेपालमा आवश्यकताको आधारमा भन्दा बढी बिना अध्ययन, बिना सर्भे, पहुँचका आधारमा बजेट विनियोजन भएको महशुस भएको छ,' उनले भनिन्, 'यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेर समेत बजेट विनियोजन भएको जस्तो मैले महसुस गरेको छु। यहाँ यो रातो कितावमा एउटा ठाउँमा लेखिएको छ काठमाडौं ३५ खहरे, मूलपानी... अन्यअन्य। अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ?'

सरकारले प्रिन्ट मिस्टेक भनेर जवाफ दिनु गैरजिम्मेवार अभिव्यक्ति भएको पनि उनले बताइन्। 'आज बजेटको सवालमा प्रिन्ट मिस्टेक भन्नु होला। भोलि कानुन पनि प्रिन्ट मिस्टेक भएर आउला। डर छ–भोली अदालतको फैसला प्रिन्ट मिस्टेक भएर आउँला। यसरी प्रिन्ट मिस्टेक भन्ने जस्तो गैरजिम्मेवार शब्द सरकारले प्रयोग गर्न मिल्दैन,' उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .