ad ad

राजनीति


भैरहवा विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक - राजदूत श्रीवास्तव

भैरहवा विमानस्थललाई हवाई रुट दिन भारत सकारात्मक - राजदूत श्रीवास्तव

नेपालखबर
असार ५, २०८० मंगलबार ११:१, काठमाडौँ

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रुट दिन भारत सकारात्मक रहेको बताएका छन्।

मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा उनले हवाई रुटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए। छलफलको नतिजा पनि सकारात्मक नै आउने उनको भनाइ थियो।

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो।

योगले नेपाल र भारतलाई जोडेको र पछिल्लो समय विश्वभर फैलिनु खुसीको विषय भएको धारणा उनले राखे।

हरेक वर्ष २० जुन वा ३१ जुनमा योग दिवस मनाउन आग्रह गर्दै उनले भारतले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन चाहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .