राजनीति


सरकारलाई प्रश्न : नेपालको बजेट पनि दिल्लीबाटै पास हुन लागेको हो?

सरकारलाई प्रश्न : नेपालको बजेट पनि दिल्लीबाटै पास हुन लागेको हो?

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार १३:१५, काठमाडौँ

राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेटलाई लिएर सरकारमाथि कटाक्ष गरेकी छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले बजेट दिल्लीबाटै पास हुन लागेको हो भनेर सरकारमाथि कटाक्ष गरेकी हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनाउन व्यापारीहरु दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन्।

उनले असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन आग्रह गरिन्। उनले छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको बताए।

‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो। प्रधानमन्त्री बन्नका लागि व्यापारीहरु दिल्ली दौडमा गएका कुरा आए पनि। बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौँ की के हो? परराष्ट्रले सहजीकरण गरिरहेको छ? नत्र भने किन एकतर्फी हुन्छ बनेट? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला। असंलग्न परराष्ट्र नीति छोडेका हौँ की समातिएको छ, के भइरहेको छ? यसमा जवाफ दिनुहोला’, उनले भनिन्। 

राष्ट्रिय सभा सदस्य राईले असंलग्न परराष्ट्र नीति छोडेको हो भन्दै सरकारसँग जवाफ पनि मागेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .