राजनीति


सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित बजेटसम्बन्धी विधेयक

बजेटसम्बन्धी विधेयक प्रमाणित गर्दै सभामुख देवराज घिमिरे। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
असार २९, २०८० शुक्रबार १७:४९, काठमाडौँ

सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक शुक्रबार प्रमाणित गरेका छन्। 

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुख घिमिरेले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हु्न्। 

संसद्‍का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .