राजनीति


सोह्रखुट्टेस्थित एक घरमा राजस्वको छापा, ६६ काटन ‘ब्रेक शु’ बरामद

सोह्रखुट्टेस्थित एक घरमा राजस्वको छापा, ६६ काटन ‘ब्रेक शु’ बरामद

तस्बिर : अमित भट्टको फेसबुकबाट साभार


नेपालखबर
साउन १०, २०८० बुधबार १९:३७, काठमाडौँ

राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ।

बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा सो परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। 

उक्त गोदाममा छापा मार्दा भेटिएको उक्त सामान राजस्व अनुसन्धान विभागले लगेको छ।

ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

ती सामानहरू कसका हुन् भन्ने खुलेको छैन।

 

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .