राजनीति


मधेशमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार, यादव क्याबिनेट २ राज्यमन्त्रीसहित १४ सदस्यीय

मधेशमा छैटौँ पटक मन्त्रिपरिषद् विस्तार, यादव क्याबिनेट २ राज्यमन्त्रीसहित १४ सदस्यीय

नेपालखबर
साउन १५, २०८० सोमबार १८:२३, काठमाडौँ

डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेश सरकारका रहेका दुई मन्त्रीले सोमबार राजीनामा दिएपछि छैटौँ पटक मन्त्रिपरिषद् विस्तार भएको छ। 

मधेश प्रदेशमा जनमतबाट एकजना मन्त्री र एकजना राज्यमन्त्रीले सोमबार राजीनामा दिएका थिए।

त्यसपछि मुख्यमन्त्री सरोज यादवले सोमबार अपरान्ह मन्त्रिपरिषद् विस्तार गरेका हुन्। विस्तारित मन्त्रिपरिषद्मा अब २ राज्यमन्त्री र १२ जना मन्त्री भएका छन्। 

मन्त्रालय खोसेर विनाविभागीय बनाइएका जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादवले राजीनामा दिएका थिए।

जनमतका दुवै मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री यादवले सोमबार नै मन्त्रिपरिषद् हेरफेर गरेका हुन्। 

जसअनुसार अब गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिमले आएका छन्।

त्यसैगरी श्रम तथा यातायात मन्त्रीमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका चन्दन सिंह आएका छन्। 

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सोमबार नै पद तथा गोपनीयताको शपथ गराएपछि उनीहरुले पदभार सम्हालिसकेका छन्। 

यसअघि यादवले मन्त्रालय खोसेर बिनाविभागीयमा राखेका जनमतका कुशवाहा र राज्यमन्त्री यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका  थिए।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालयमा मुख्यमन्त्री यादवले एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई  लएका थिए।

मधेश सरकारमा अहिले कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव छन्। कांग्रेसबाटै वीरेन्द्र सिंह स्वास्थ्य मन्त्री छन्। 

कसलाई कुन मन्त्रालय?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .