ad ad

राजनीति


केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने– पार्टी एकताको नयाँ प्रक्रियामा छौँ

केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने– पार्टी एकताको नयाँ प्रक्रियामा छौँ

नेपालखबर
साउन १७, २०८० बुधबार १४:१३, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको नयाँ प्रक्रिया थालिएको बताएका छन्। 

बुधबार काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले समाजवादका उद्देश्य प्राप्तिका निम्ति समाजवादी मोर्चा गठन गरिएको बताए।

‘अहिले हामी एकताको नयाँ प्रक्रियामा छौँ’, उनले भने, ‘समाजवादको उद्देश्यका निम्ति समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्दै छौँ।’

विकास र राजनीतिलाई जोडेर पार्टी एकतालाई अघि बढाउने प्रयास थालिएको उनको भनाइ छ। 

‘फेरि एकपटक विकास र राजनीतिको विचारसहित पार्टी एकतालाई अघि बढाउने जमर्को पनि गर्दै छौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .