राजनीति


एमालेमा जाने तयारी गरेपछि एकीकृत समाजवादीबाट निष्कासित भए केन्द्रीय सदस्य कर्माचार्य

पटक पटक सम्झाउँदा पनि पार्टी हितविरुद्ध गतिविधि गरेको आरोप
एमालेमा जाने तयारी गरेपछि एकीकृत समाजवादीबाट निष्कासित भए केन्द्रीय सदस्य कर्माचार्य

नेपालखबर
साउन १९, २०८० शुक्रबार १५:०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीले निष्कासन गरेको छ। सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका कर्मचार्यलाई शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले साधरण सदस्यता समेत नरहनेगरी निष्कासन गरेको हो। 

पार्टीको नीति कार्यक्रम, सङ्गठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा कृयाकलाप गरि अनेकौं पटक सम्झाउँदा पनि पार्टी हित विरुद्ध गतिविधि गरेका कारणले उनलाई निष्कासन गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

कर्माचार्य शनिबार ( साउन २०) नेकपा एमाले फर्कने तयारीमा छन्। त्यसअघि बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले उनलाई निष्कासन गरेको हो। 

कर्माचार्यले भने एमालेमा गरिएको विद्रोहको औचित्य पुष्टि हुन नसकेको दाबी गरेका छन्।

‘हामी राजनीतिक मान्छे हौं, हामीले गर्ने निर्णयहरू राजनीतिक हुने गर्छन्,’ उनले नेपालखबसँग भने, ‘जुन उद्देश्य र औचित्यका लागि हामीले विद्रोह गरेका थियौं, त्यो पुष्टि हुने परिस्थिति बनेन।’

कर्माचार्य सिन्धुपाल्चोकका स्थापित नेता हुन्। उनी २०३७ सालदेखि नै वाम आन्दोलनमा लागेका थिए।

उनले ८ वर्ष एमाले सिन्धुपाल्चोकको नेतृत्व पनि सम्हालिसकेका छन्।

एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत मनोनित नभएपछि असन्तुष्ट भएका उनले पार्टीमा विद्रोह गर्दै राजीनामा दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .