राजनीति


हटेन संसद्‍मा एमालेको अवरोध, बैठक शुक्रबारसम्मलाई स्थगित

हटेन संसद्‍मा एमालेको अवरोध, बैठक शुक्रबारसम्मलाई स्थगित

संसद्‍मा अवरोध गर्दै नेकपा एमालेका सांसदहरु।


नेपालखबर
साउन २४, २०८० बुधबार १३:३५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको  छ।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

एमालेले उठेर नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेको अवरोधपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्। 

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।

मंगलबार संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ  दिएका थिए।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो।

तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि अन्तिममा संसद्‍मा अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।

संसद् खुलाउन बुधबार पनि बालुवाटारमा बैठक भएको थियो। तर त्यहाँ सहमति हुन सकेन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भए पनि संसद्मा एमालेको अवरोध हटेन।

तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको थियो। 

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .