नेपाली कांग्रेसका सांसद सुनिल शर्माले आफू प्रधानमन्त्रीको निर्देशनमा गिरफ्तारीमा परेको बताएका छन्।
शुक्रबार सीआईबीको हिरासतबाट रिहा हुँदै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले प्रधानमन्त्री प्रचण्डले गुन बिर्सिएको पनि बताए।
‘मेरो अडान सुन तस्करहरुको संरक्षकहरू अब त बुझ्नुभयो होला, यो त प्रधानमन्त्रीको निर्देशनमा भएको हो मेरो गिरफ्तारी। म पुष्पकमल दाहालजीलाई भन्न चाहन्छु, त्यति साह्रो बैगुन पनि हुन हुँदैन,’ उनले भने।
सुनिल शर्मा, शेखर कोइराला, कृष्णसेन इच्छुक, महेश्वर दाहाल, मनोज थापा जस्ता मान्छेहरु नभएको भए आज प्रधानमन्त्री प्रचण्ड जंगलमा हुने उनको भनाई थियो।
‘पहिलो वार्ता गराउने मान्छे हामी हो। गिरिजाबाबुलाई कन्भिन्स गरेर लिएर जाने मान्छे,’ शर्माले भने, ‘हामीले लगाएको गुनको पैंचो उहाँले हतकडी लगाएर दिनुभएको छ उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।’
Shares
प्रतिक्रिया