राजनीति


अनितादेवीलाई बधाई दिँदै मोदीले सुनाए आफ्ना ४५ उपलब्धि

अनितादेवीलाई बधाई दिँदै मोदीले सुनाए आफ्ना ४५ उपलब्धि

नेपालखबर
साउन २९, २०८० सोमबार १३:४३, काठमाडौँ

नवनियुक्त सामान्य प्रशासनमन्त्री अनितादेवी शाहलाई निवर्तमान मन्त्री अमनलाल मोदीले बधाई दिएका छन्।

साथै उनले आफू पदमा रहँदा गरेका कामको फेहरिस्त पनि सार्वजनिक गरेका छन्।

मोदीले प्रस्तुत गरेको ४५ बुँदे उपलब्धिमा संघीय निजामती सेवा विधेयकको मस्यौदा मन्त्रिपरिषदमा पेश गरेको, निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक मन्त्रिपरिषदमा पेश गरेको, स्थानीय सरकार सञ्चालन २०७४ को संशोधन मस्यौदा सहमतिका लागि सम्बन्धित मन्त्रालयमा पठाएको लगायत छन्।

मोदीलाई माओवादी केन्द्रको पदाधिकारी बैठकले आइतबार फिर्ता बोलाएको थियो।

उनको ठाउँमा मन्त्री बनेकी जनमत पार्टीकी शाहले आज पदभार ग्रहण गरेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .