राजनीति


कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
भदौ १, २०८० शुक्रबार १३:५२, विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएका छन्।

कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा  भदौ ३ गते आइतबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको छ।

हाल सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि ४ गते सोमबारको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा २  बमोजिम नियुुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार  कोशी प्रदेश सभाबाट विश्वासको मत लिन चाहेकोले भदौ ३ गतेको कार्यसूची समावेश गर्न प्रदेश सभामा सूचना दर्ता गरिएको सचिवालयले जनाएको छ।

कोशी प्रदेश सभा नियमावली २०७४  पहिलो संशोधन सहित नियम १२८ को उपनियम १ र २ बमोजिम विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्ताव प्रदेश सभामा पेश गरिएको छ।  

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिए पनि एक दिनपछि निर्णय हुने भएको छ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधनसहित) को नियम १२८ को उपनियम ९१० र ९२० बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए।

कोशी प्रदेश सभामा सत्ता पक्षीय ४७ जना सांसद रहेका छन्।  

माओवादीबाट सभामुख भएका बाबुराम गौतमले राजिनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री भएपछि अहिले कोशी प्रदेशमा सभामुख रिक्त छ।  

प्रदेशसभामा नेकपा माओवादीको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसद छन्।

अहिलेको अवस्थामा कोशी प्रदेश सभामा उपसभामुखले सदन चलाउँदा सरकारले विश्वासको मत पाउन सक्ने भनिएको छ।

तर त्यो कुरा एमालेको भूमिकामा भर पर्ने देखिएको छ। एमालेले उपसभामुखको राजीनामा गराएर गठबन्धनलाई अप्ठेरो पार्ने तयारी गरेको छ।

उसले उपसभामुखको राजीनामा गराएर आफ्ना जेष्ठ सदस्यलाई पनि संसद्‍मा अनुपस्थित गराइदिने रणनीति बनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .