राजनीति


सुन तस्करीको विषयमा संसदीय समितिमा छलफल हुन्छ : सभापति खतिवडा

सुन तस्करीको विषयमा संसदीय समितिमा छलफल हुन्छ : सभापति खतिवडा

नेपालखबर
भदौ ११, २०८० सोमबार १७:६, काठमाडौँ

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्।

सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले खतिवडा सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।

सत्तापक्ष र प्रतिपक्ष सबै दलको साथ पाएर समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल हुने बताए। उनले सबै पक्षलाई मिलाएर समितिले निर्णय गर्ने परम्पराको विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

नवनिर्वाचित सभापति खतिवडाले भने, ‘यो समितिमा बहुमत, अल्पमतबाट निर्णय गर्ने भन्दा पनि सबैको सल्लाहबाट नै निर्णय गर्ने पक्षमा छौं। अब यसको कार्यक्षेत्र धेरै ठूलो छ। विशेष गरेर सुरक्षा निकायसँग जोडिएको हुँदा संवेदनशील भएर काम गर्न जरुरी छ। वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्वपूर्ण समिति रहेछ भनेर काम गर्नसक्यौं भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ। यो समिति सरकार विरोधी पनि हुँदैन। र, सरकार पक्षको पनि हुँदैन। समिति समितिका रुपमा अगाडि बढ्छ। सुनकाण्ड लगायतका सबै विषयमा छलफल हुन्छ। आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ।’

नवनिर्वाचित सभापति खतिवडाले राज्य व्यवस्था तथा सुशासन समिति संवेदनशील समिति पनि भएकाले आफूहरुले सोही अनुसारको कार्ययोजना बनाएर अघि बढ्ने समेत बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .