राजनीति


ओलीले सुर्खेतमा भने : एमाले आएपछि जनताले विकास देख्न पाए

ओलीले सुर्खेतमा भने : एमाले आएपछि जनताले विकास देख्न पाए

एमाले कर्णालीको अधिवेशनमा केपी ओली। तस्बिर : दिनेश बुढा


नेपालखबर
असोज १०, २०८० बुधबार १७:११, सुर्खेत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास भन्ने कुरा आफूहरु सरकारमा आएपछि मात्रै जनताले देख्न पाएको बताएका छन्।

बुधवार एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको वीरेन्द्रनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 

‘एमाले आयो र जनताले विकास देखे, एमाले आउनुअघि यो देशमा विकास नै देखिएको थिएन’, उनले भने, ‘जब एमाले आयो तब जनताले विकास देखे।’ 

उनले अहिलेको गठबन्धन सरकार विदेशीको जालझेलमा चलेको आरोपसमेत लगाए। 

२०८४ मा एमालेले एकल बहुमतको सरकार बनाउने पनि उनले दाबी गरेका छन्   

आफ्नो पार्टीलाई चौतर्फी घेराबन्दी गरिए पनि यस्तो कुरामा नअल्मलिने ओलीले बताए। 

उनले आफ्नो पार्टी देशलाई आफूमाथि लेखेर अगाडि बढ्ने बताए। राष्ट्रको ढुकुटी गोजीमा सार्ने कुरालाई एमालेले जनताको अपमान ठान्ने गरेको उनले बताए।  

सुन तस्करी अहिलेको गठबन्धन सरकारले नै गरेको उनले दाबी गरे। गठनन्धनले तस्करी रोक्ने होइन, झन् झन् बढाउँदै गएको उनले बताए।

‘गठबन्धन सरकारले तस्करी रोक्छु भन्छ, झन् झन् बढाउँदै गएको छ, भ्रष्टचार घटाउँछौ भन्छ झन् बढाउँदै गएको छ’, उनले भने। 

गठबन्धन सरकारको १० वटा टाउका भएको आरोपसमेत उनले लगाए। कर्णालीमा सयौँ विकासका सम्भावना भए पनि अझै पनि देशकै विकट प्रदेश हुनु दु:खद भएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .