राजनीति


नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भयो : खनाल

नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भयो : खनाल

नेपालखबर
असोज १५, २०८० सोमबार १७:३३, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाललाई भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भएको बताएका छन्। सोमबारबाट सुरु भएको ‘समाजवादी जागरण अभियान’को उद्घाटन सभालाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्। 

दलाल पूँजीपतिहरूकै कारण देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको उनको भनाइ छ। 

‘दलाल पूँजीपतिकै कारणले यो देशको राष्ट्रियतामाथि खतरा बढेको छ। दलाल पूँजीपतिकै कारणले हाम्रो देशको अर्थतन्त्र संकटग्रस्त बनेको छ, भ्रष्टाचार देशव्यापी रुपमा व्याप्त भइरहेको छ। यो देश भ्रष्टहरूको देश भनेर दुनियाँले चिन्ने खतरा पैदा भएको छ। यो बेथितिको विकल्प के हो त? हामीले त्यो बताउँदै आइरहेका छौं,’ उनले भने।

साथै, उनले आफ्नो पार्टीले बेथितिको विकल्पको सन्देश बोकेर जनताको घरदैलोमा पुग्न लागेको दाबी गरे। 

‘एकीकृत समाजवादी यो विकल्पको सन्देश लिएर जनताकोमा आइरहेको छ। यसको विकल्प भनेको वैज्ञानिक समाजवाद नै हो,’ खनालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .