राजनीति


राष्ट्रिय सभाका अध्यक्ष भन्छन् : अब ४० वर्षमुनिका युवा प्रधानमन्त्री हुनु पर्छ

राष्ट्रिय सभाका अध्यक्ष भन्छन् : अब ४० वर्षमुनिका युवा प्रधानमन्त्री हुनु पर्छ

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना


नेपालखबर
मंसिर १९, २०८० मंगलबार १२:३५, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बाल क्लबमा लागेकाहरू ४० वर्ष नपुग्दै प्रधानमन्त्री हुनेमा आफू विश्वस्त रहेको बताएका छन्। 

बाल क्लबमा आवद्ध भएर लिएको सफल नेतृत्व देश विकासको मूलआधार बन्ने बताउँदै तिमल्सिनाले उनीहरू ४० वर्षभित्र नै प्रधानमन्त्री हुन जरुरी रहेको बताए।

मंगलबारदेखि काठमाडौमा सुरु बाल क्लबका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधनका क्रममा तिमल्सिनाले यसो  भनेका हुन्।                                                  

नेपाली युवाहरुलाई विदेश जानबाट रोक्न बाल क्लब लगानी बढाउन आवश्यक रहेको उनले बताए। 

‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने बाल क्लबका पूर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ’, उनले भने, ‘देश विकासका मेरुदण्ड युवा दक्ष जनशक्ति हुन्, ती दक्ष जनशक्ति उत्पादन गर्न सरकारले शिक्षा, स्वास्थसहितमा लगानी गर्नुपर्छ। बाल क्लबमा लगानी बढाई बालबालिकालाई संगठित गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .