कारोबार


पर्याप्त वर्षा नहुँदा भरिएन कुलेखानी (तस्बिर/भिडिओ)

जलाशयमा गत वर्षभन्दा साढे ६ मिटर पानी कम
पर्याप्त वर्षा नहुँदा भरिएन कुलेखानी (तस्बिर/भिडिओ)

जनार्दन पोखरेल
मंसिर १९, २०८० मंगलबार १२:४६, काठमाडौँ

बर्खायाममा पर्याप्त पानी नपर्दा यसवर्ष मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत् अयोजनाको जलासयमा क्षमताअनुसार पानी जम्मा नभएको आयोजनाले जनाएको छ। 

जलासय क्षेत्रमा यस वर्ष पर्याप्त वर्षा नहुँदा आयोजनामा वर्खाको बेला पनि क्षमताअनुसार पानी जम्मा गर्न नसकिएको कुलेखानी प्रथमका प्रमुख इन्जिनिय तारादत्त भट्टले जानकारी दिए। 

‘कुलेखानी जलायको पूर्ण क्षमता १ हजार ५३० मिटर हो,’ इन्जिनियर भट्टले नेपालखबरसँग भने, ‘यस वर्ष बर्खाको बेला पनि जलासय क्षेत्रमा राम्ररी पानी परेन। जसको कारण पानीको सतह १ हजार ५२३ दशमलव ५ मिटर भन्दा माथि पुग्न पाएन।’

गत वर्ष जलायमा पानीको सतह १ हजार ५२९.९ मिटर पुगेको थियो। जलासयमा यसवर्ष गत वर्षभन्दा झण्डै साढे ६ मिटर पानी कम छ। 

पूर्ण क्षमतामा चल्दा कुलेखानी प्रथमबाट ६० मेघावाट, कुलेखानी दोस्रोबाट ३२ मेघावाट र कुलेखानी तेस्रोबाट १४ मेघावाट विद्युत उत्पादन हुन्छ। 

नेपालको एकमात्र जलासययुक्त कुलेखानी आयोजनाबाट विशेषगरी सुख्खायाममा विद्युत् उत्पादन गर्ने गरिएको छ। 

यस वर्ष जलासयमा पर्याप्त पानी जम्मा नभएकाले सुख्खा मौसमको समयमा विद्युत् उत्पादनमा असर पर्न सक्ने आयोजना प्रमुख भट्टले बताए। 

आज (मंगलबार) बिहानको मापनअनुसार जलायमा पानीको सतह १ हजार ५२३.२८ मिटर छ। गत वर्ष यतिबेला आयोजनामा १ हजार २९ मिटर भन्दा धेरै पानी थियो।

कुलेखानी आयोजना आजभोलि मुलुकमा बिजुली नपुग्दा मात्रै चल्ने गर्छ। अधिकांश समय आयोजना बन्द अबस्थामा रहन्छ। 

‘आजभोलि भोल्टेज नपुग्दा ‘पिकलोड’को समयमा दिनको दुई तीन घण्टा मात्रै आयोजनाबाट विद्युत् उत्पादन हुन्छ,’ भट्टले भने, ‘नत्र अधिकांश समय यो आयोजना बन्द अवस्थामा रहन्छ।’

 pic.twitter.com/tg1HsuP93T

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .